अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंको बिषयमा बैंकर्स संघको आज बैठक बस्दै, कस्तो आउला निर्णय ?

१८ फाल्गुन २०७९, बिहीबार १०:५७

काठमाडौं । अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित बनेका व्यवसायी दुर्गा प्रसाईंको बिषयमा नेपाल बैंकर्स संघको आज बैठक बस्दैछ । संघको आज बस्दै गरेको बैठकले प्रासाईको बिषयलाई लिएर विज्ञप्ती जारी गर्दैछ।

यसअघि पीडित बैंकले (फागुन १५ गते) सहवित्तीयकरण बैठक डाकेको थियो । आज भने सम्पूर्ण बैठक बसेको थियो । जसबाट कुनै निष्कर्ष पिडित बैंकहरुले निकाल्न सकेको थियो । आज भने संघले प्रसाईको विषयमा विज्ञप्ती जारी गर्न लागिएको स्रोतले जनाएको छ ।

ग्लोबल आईएमई बैंकको नेतृत्वमा प्रसाईंको झापास्थित बिएन्डसी मेडिकल कलेजमा ऋण लगानी भएको थियो।कुमारी बैंक (तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स), नबिल (तत्कालीन नेपाल बंगलादेश बैंक), राष्ट्रिय वाणिज्य, लुम्बिनी विकास बैंक र गुडविल फाइनान्सले साढे ५ अर्बभन्दा बढी लगानी गरेका छन्।

प्रसाईंले गत असारदेखि बैंकहरूलाई बुझाउनुपर्ने ब्याज बुझाएका छैनन्, त्यो पनि अदातलबाट अन्तरकालीन आदेश लिएर। सर्वसाधारणको निक्षेप जोखिममा पर्ने त्रासपछि ग्लोबल आईएमई बैंकले यसअघि पनि छलफल गरिसकेको छ ।
गत असारदेखि पुससम्म बैंकले ९ करोड ९५ लाख रुपैयाँ ब्याजवापत पाउनुपर्ने थियो। तर, प्रसाईंले तिर्नुको सट्टा उल्टै बैंक कर्मचारीलाई धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेपछि के गर्ने भनेर ग्लोबल आईएमई बैंकले सबै बैंकलाई छलफलका लागि बोलाएको थियो ।

अदालतले प्रसाईंबाट बैंकले लिनुपर्ने ब्याज केन्द्रीय बैंकको स्वीकृतिमा ब्याज पुँजीकरण गर्न भनेको थियो। तर, केन्द्रीय बैंकले पुँजीकरण गर्न अनुमति नदिएपछि ऋण असुली थप अन्यौल बनेको थियो ।
प्रसाईंले ‘लडाकु जत्था’ बनाएर बैंकविरुद्ध उतारेपछि बैंकरहरू ऋण असुलीमा निस्किनसमेत सकेका छैनन्। वित्तीय अनुशासन नै खल्बल्याउने गरी अभिव्यक्ति दिँदै हिँडेपछि बैंकरहरू थप सशंकित बनेका हुन्।

ऋणी र बैंकबीच भएको समझदारी उल्लंघन गरेर प्रसाईंको अभिव्यक्ति आउन थालेपछि आजको बैठकले के गर्ने भन्ने निर्णय गर्ने छ।
प्रसाईंले बिएन्डसी मेडिकल कलेज नै धितो राखेर साढे ५ अर्बभन्दा बढी ऋण लिएका छन्। एक बैंकरका अनुसार बिएन्डसी पूरै बिक्री गर्दा पनि बैंकले गरेको लगानी उठ्न सक्दैन। ‘प्रोजेक्ट’ देखाएर प्रसाईंले ऋण लिएका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*