लाभांश प्रस्तावसहित स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले १४औं सभा चैत ११ गते शनिबार बस्ने निर्णय गरेको हो ।
संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे बस्नेछ ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आव २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतबा वित्तीय विवरणमाथि छलफल गर्न प्रस्ताव लैजानेछ । साथै चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत ११ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसकारण फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित जनाउन वा प्रस्तावित लाभांश पाउनेछन् ।












