इन्फिनिटी लघुवित्तका सिइओ प्रविण कुमार लामाको वार्षिक तलब झण्डै ३६ लाख रुपैयाँ
१८ फाल्गुन २०७९, बिहीबार ११:४३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अर्थात् छैठौं प्रतिवेदनसमेत सो साधारण सभामार्फत पारित गरिसकेको छ ।
उक्त प्रतिवेदनअनुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण कुमार लामाले आव २०७८।७९ मा ३५ लाख ९२ हजार ७७६ रुपैयाँ वार्षिक तलब भत्ता बुझेका छन् ।
साथै प्रतिवेदनअनुसार सो आवमा भएको संचालक समिति बैठकमा उपस्थित संचालकहरुलाई बैठक भत्ता बापत २ लाख ६४ हजार रुपैयाँ भुक्तान समेत गरिएको छ ।












