मोलुङ हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुँदै, कतिले पाउँदैछन् १० कित्ता शेयर ?

१८ फाल्गुन २०७९, बिहीबार १२:३४

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ भोलि (फागुन १९ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार आइपीओ बिक्री प्रबन्धककै कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा ७.३२ गुणा बढी आवेदन परेको थियो । कम्पनीको आइपीओमा १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

सीडीएसका अनुसार फागुन १० गते सम्ममा १४ लाख ८७ हजार ५८४ जनाले १ करोड ६५ लाख ९० हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । मागभन्दा बढी आवेदन परेका कारण आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओमा सर्वसाधारणले २२ लाख ६४ हजार ६५५ कित्ता शेयरका लागि आवेदन दिएका छन् । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकी १२ लाख ६१ हजार १२८ जनाको हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*