नेप्सेमा दुई हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई हाइड्रोपावरको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । नेप्सेमा शुभम पावर र सुपर मादी हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
सुभम पावरको आइपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसासम्म पाउने देखिएको छ ।
त्यस्तै, सुपर मादी हाइड्रोपावरको आइपीओ ‘एसएमएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।
नेप्सेले जुन कुनै कम्पनीको आइपीओको पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा ओपनिङ्ग मूल्य तोक्ने गर्दछ ।












