हिमालयन बैंकको व्यवस्थापनले कुनै अधिकार नदिएको भन्दै साविकको सिभिल बैंकका कर्मचारीको गुनासो, ग्राहकलाई सास्ती

१८ फाल्गुन २०७९, बिहीबार १४:१६

काठमाडौं । सिभिल बैंक गाभिएर हिमालयन बैंकमार्फत एकीकृत कारोबार सुरु भएको साता भईसकेको छ। एकिकृत कारोबार भईसक्दा पनि सिभिल बैंकलाई हिमालयन बैंक व्यवस्थापनले कुनै अधिकार नदिएको भन्दै साविकको सिभिल बैंकका कर्मचारीहरुले गुनासो व्यक्त गरेका छन् ।

हिमालयन बैंकको व्यवस्थापकको एकाधिकारको कारण साविकको सिभिल बैंक र सिभिल बैंंकका ग्राहकहरुले यो समस्या भोग्नुपरेको छ। मर्जरपश्चतात् व्यवस्थापन फितलो हुँदा ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो ।

मर्जरको लामो समयपश्चात् दुई बैंकबीच फागुणको दोस्रो साता एवं फागुण १२ गते एकिकत कारोबार शुभारम्भ भएको हो । एक साता बितिसक्दा पनि सिभिलका ग्राहकले न त सिभिल बैंकको पुरानो मोबाइल एप्लिकेसनबाट सेवा लिन पाएका छन् न त हिमालयनको एप्लिकेसनको सेवा नै पूर्ण रुपमा सुचारु छन् ।

ग्राहकहरुले गुनासो गरे एप्लिकेसनले काम नगरेको भन्दै ग्राहकलाई जवाफ दिन बाध्य भएको एक कर्मचारीले बीमापोष्टलाई बताए । बैंकको एकीकृत कारोबारपछि पठाइएको नयाँ खाता नम्बरसमेत ग्राहकले अझसम्म पाउन सकेको छैन । ग्राहकहरुले शाखा कार्यालयमा गएर नै सुविधा लिन बाध्य छन् ।

त्यस्तै, कनेक्ट आईपीएस सुविधामा समेत बाधा अड्चन आएको छ। हिमालयनले साविकका सिभिल बैंकका ब्रान्चबाट नयाँ खाता खोल्ने प्रणाली पनि प्रयोग गर्न नदिएको कर्मचारीहरू गुनासो सुनाए ।
पछिल्लो समय ग्राहकहरुको अत्याधिक गुनासो आउने गरेको छ । उक्त गुनासो सम्बोधन नगरि वाहाना गर्दै आउनुपरेको साविकको एक कर्मचारीले गुनसो सुनाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*