लघुवित्तको शेयर मूल्य अझै बढ्न सकेन, आज यी कम्पनीले सर्वाधिक गुमाए
१८ फाल्गुन २०७९, बिहीबार १५:१०

काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार २७ दशमलव ६८ को अंकले घटेर १९६७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा गिरावट आएसँगै ग्लोबल आइएमई लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी घटेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, नाडेप लघुवित्त, सिटिजन्स म्यचुअल फण्ड, सनराइज ब्ल्युचिप फण्ड लगायत अन्य कम्पनीको शेयर मुल्य घटेको छ ।













