२६ अंकले घट्यो नेप्से, माइक्रोफाइनान्स इन्डेक्स सर्वाधिक घट्दा कारोबार एक अर्बमा सीमित

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २६ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।
केही दिनयता राजनीतिक अस्थिरतासँगै पुँजीबजारको अवस्था समेत खस्किँदै गइरहेको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको आगमनसँगै एकाएक हरियाली छाएको शेयरबजार उनको राजीनामा पश्चात् नेप्से इन्डेक्स घटेर १९ सयको विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स उपसूचक २.६४ प्रतिशत र ब्यापार उपसूचक २.३२ प्रतिशतले घटेको छ ।












