विपिडब्लु लघुवित्तको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमााडैं । विपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमै ३ लाख २ हजार १४१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख बढीले ३३ लाख ६४ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् ।
टेडका अनुसार संस्थाको आइपीओमा सो अवधिसम्म ३३ करोड ६४ लाख ६५ हजार रुपैयाँको आवेदन परेको हो ।
लघुवित्तले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफँट गरिसकेको छ । त्यस्तै, १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा सर्वसाधारणले छिटोमा २३ गतेसम्म ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।












