इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१८ फाल्गुन २०७९, बिहीबार १८:१५

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरेको छ । कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्ग संग सम्वन्धि विषयमा प्रशिक्षित गर्नुभएको थियो । शाखामा भएका कुल १९३ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि नयन देवकोटाले बताउनु भयो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख श्री सञ्जिता कुमारी चौधरीले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामुहिक सहयोग सामुहिक प्रयासको लागि समिति गिता कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक अनुगमन अधिकृत आत्माराम पौडेलले बताउनु भयो । साथै, कार्यक्रम नन्द कुमारी विष्टको सभावतित्वमा सञ्चालन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*