साना किसान विकास र आरएमडीसी लुघवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो, स्वाप रेसियो तय

१९ फाल्गुन २०७९, शुक्रबार ११:२१

काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीइ संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै संस्थाले एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सम्झौतापश्चात् दुवै कम्पनीको एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनिमय १० बमोजिमको अन्तिम सम्झौतापत्रमा मर्जर पश्चात दुवैको स्वाप रेसियो तोकिएको छ ।

साना किसानको १ शेयर बराबर १ शेयर कायम हुने तथा आरएमडीसी लुघवित्तको १ शेयर बराबर ०.८७ शेयर (१ः०.८७) अनुपात निर्धारण गरी फागुन १८ गते दुवै संस्थाका संचालक समितिहरुले हस्ताक्षर गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*