ग्लोबल आइएमई बैंकको यी शाखा गाभिने
१९ फाल्गुन २०७९, शुक्रबार ११:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकै स्थानमा रहेको केही शाखा कार्यालय गाभेर संचालन गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र साविकको बैक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा संचालनमा रहेको शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन २८ गतेदेखि एकीकृत रुपमा संचालन हुने बैंकले जनाएको छ ।
बैंकले साविक संचालनमा रहेको बीओकेको सुन्दरबजार नगरपालिका वडा नं. ७ मा रहेको सुन्दरबजार शाखा कार्यालय गाभिएपश्चात मिलनचोक सुन्दरबजार नगरपालिका वडा नं. ६ लमजुङ्गमा रहनेछ ।
साथै ग्लोबल आइएमई बैंकको काठमाडौ्रं महानगरपालिका वडा नं. २९ काठमाडौंमा रहेको अनामनगर शाखा कार्यालय गाभिएपश्चात् काठमाडौं महानगरपालिका वडा नं. २९ काठमााडौंमा रहनेछ ।












