साना किसान विकास लघुवित्तले अधिकृत पुँजी ५ अर्ब पुर्याउने, चुक्तापुँजी झन्डै दुई अर्ब

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । संस्थाले सो विशेष प्रस्ताव पारित गर्न यहि चैत १० गते २१औं वार्षिक साधारण सभा डाकेको छ ।
सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे बस्नेछ । सभामा संस्थाको अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम मिलान गर्न प्रबन्धपत्रको दफा ५ मा आवश्यक संशोधन प्रस्ताव पेश गरिनेछ ।
यसका साथै सो सभामा संस्थाको गत आव २०७८।७९ को मुनाफाबाट चुक्तापुँजी एक अर्ब ५६ करोड ४४ लाख रुपैयाँको २६ प्रतिशत बोनस शेयर वितरणपछिको चुक्तापुुँजी १ अर्ब ९७ करोड ११ लाख ६१ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव समेत पेश गरिनेछ ।
यसबाहेक सो सभाले आरएमडीसी लुघवित्तसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । डीडीपश्चात कायम हुन आएको १ः०.८७ अनुपात स्वाप रेसियो कायम गर्ने प्रस्ताव सभामार्फत पारित गरिनेछ ।
यसका साथै सो सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २६% बोनस शेयरमा लाग्ने कर १.३६८४ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन २८ गते एक दिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ फागुन २५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।












