मिटरब्याजीका कारण एक युवकले गरे आत्महत्या

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चर्को व्याजदर असुलेका कारण वा मिटर ब्याजीका कारण आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । यसैबीच चाँगुनारायण नगरपालिका–८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् ।
लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएर तिर्न नसकी आत्महत्या गर्न पुगेको खुलेको छ । एक लाख रुपैयाँको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन् ।
स्रोतका अनुसार करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ । तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेको उनका आफन्तले बताएका छन् ।












