बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन
१९ फाल्गुन २०७९, शुक्रबार १७:३०

बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८५।६८ गुणा बढी आवेदन हो । बिपिडब्लु लघुवित्तले सर्वसाधारण लगानीकर्तालाई बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२।३३५ ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १०५ अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।












