कर्जा तिर्दिनँ भनेर सुख छैन, त्यसको परिकल्पना नगर्नू: डेपुटी गभर्नर बमबहादुर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने हेतु बनाउन नपाउने बताएका छन् ।शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि मोसो दल्न समूह बनाउने कामले समाज विभाजित गर्ने बताए।
उनले व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई मोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे ।उनले व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई मोसो दल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे । उनले भने ‘कर्जा तिर्दिनँ भनेर सुख नै छैन । त्यसको परिकल्पना नगर्नू । दिइएको कर्जा रकम नेपाली दाजुभाइ दिदीबहिनीहरुले बैंकमा राखेको पैसा हो।’
उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिनँ भन्नेहरुलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने बताए ।मिश्रले भने ‘कर्जा दिन ढिला हुनसक्छ । त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ ।
बैंक तथा वित्तीय क्षेत्रबाट खराब काम भएको थाहा पाउने वित्तिकै राष्ट्र बैंकमा गुनासो गर्नुभए तत्काल कारबाही गर्छ।











