सामान्य अंकले बढ्यो नेप्से, कारोबार सवा अर्ब
२३ फाल्गुन २०७९, मंगलवार १५:०७

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आइतबार एक दिन चलेर होलीका कारण बन्द भएको स्टक एक्सचेन्जमा आज शेयर खरिद गर्ने माहौल बने पनि कारोबार भने सामान्य नै छ ।
मंगलबार नेप्से १४.४१ अंकले बृद्धि भई १९५२.६६ पुगेको छ । राजनीतिक अस्थिरताको कारण लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल एक अर्ब २० करोड ४४ लाख नौ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक १९६३.७५ सम्म पुगेको शेयर बजार घटेर १९५२.६६ मा सीमित हुन पुगेको छ । आज सामूहिक लगानी कोष, निर्जीवन बीमा समुह तथा हाईड्रोपावर समुहको शेयर केही बृद्धि भएको छ ।












