साल्ट ट्रेडिङ, शिवम् सिमेन्ट र हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार, कुन कुन हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी ?

काठमाडौं । नेप्सेमा आज सर्वाधिक कारोबार हुने कम्पनीहरुमा साल्ट ट्रेडिङ, हिमालयन डिस्टीलरी, छिमेक लघुवित्त, शिवम् सिमेन्ट तथा एनआईसी एसिया बैंक परेकोछ ।
नेप्सको तथ्याङ्क अनुसार सर्वाधिक कारोबार हुने साल्ट ट्रेडिङको कुल १२ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टीलरीको नौ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । छिमेक लघुवित्तको कूल ५ करोड रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको तीन करोड रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको तीन करोड, नबिल बैंकको दुई करोड ६३ लाख, अपर तामाकोशीको दुई करोड ४० लाख, शिवश्री हाईड्रोपावरको दुई करोड १० लाख, अपि पावर कम्पनीको एक करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा हिमालयन डिस्टीलरी गरेको छ । सो कम्पनीको १२७० पटक शेयर खरिदबिक्री भएको छ ।












