रेमिटलीबाट पठाएको पैसा अब आइएमई पे वालेटमा
२३ फाल्गुन २०७९, मंगलवार १८:२७

काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएका छन् ।
उक्त सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको कम्पनीले जनाएको छ ।











