दुर्गा प्रसाईंसँगै वित्तीय संस्था र सहकारीको गतिविधिमाथि गृहको निगरानी

२४ फाल्गुन २०७९, बुधबार २०:१३

 

गृह मन्त्रालयले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं साथै वित्तीय संस्था र सहकारीका गतिविधिमाथि निगरानी बढाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध विभिन्न कार्यक्रम गर्दै आइरहेका छन्। उनले यस्ता किसिमका कार्यक्रम गर्न थालेसँगै गृहले निगरानी बढाएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताएका छन्। उनका अनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न कार्यक्रममा चर्को भाषण गरिरहेका उनका गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको हो। साथै मन्त्रालयले वित्तीय संस्था, सहकारी आदिले गरेका गतिविधिमाथि समेत सूक्ष्म निगरानी गरिरहेको छ। उनी भन्छन्, ‘दुर्गा प्रसाईंका गतिविधिमाथि निगरानी गरिरहेका छौं। त्यति मात्रै होइन, सहकारी, वित्तीय संस्था आदि सबैको निगरानी गरिरहेका छौँ।
सार्वजनिक सेवामा अवरोध, अप्ठेरो सिर्जना गर्ने, नागरिकलाई दु:ख दिने जस्ता काम गर्ने सबैको निगरानी गरिरहेको उनले बताए

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*