आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने
२५ फाल्गुन २०७९, बिहीबार १०:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो ।
संस्थाको फागुन २३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७९ को असार मसान्तसम्मको वासलात, नाफा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेकोले सो को अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।












