शेयरबजार ५० अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
२५ फाल्गुन २०७९, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार उच्च अंकले बढ्न पुगेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत केही सुधार देखिएको छ । आज शेयबजारमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक आज शिवम् सिमेन्ट्सको ७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













