चार कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । शुक्रबार ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त, आशा लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यी ४ वटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आज फागुन २६ गते बुक क्लोज गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३ सय ११ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । बैंकको ८।५३४ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यस बैंकले गत वर्षको नाफाबाट ८।५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।४४९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
साना किसान लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ ८ सय ८८ रुपैयाँ १० पैसा निर्धारण भएको छ । यस लघुवित्तको २६ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो । कम्पनीले गत वर्षको नाफाबाट २६ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि १।३७ प्रतिशत नगद लाभांश गरी कुल २७।३७ प्रतिशत लाभांश वितरण गर्दैछ ।
आशा लघुवित्तको सेयर मूल्य समायोजनपछिको भाउ ७ सय ५२ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस लघुवित्तको १४।२८५७ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य समायोजनपछिको भाउ ३ हजार ९४० रुपैयाँ ९१ पैसा निर्धारण भएको छ । यस लघुवित्तको १० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यस कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशतनगद लाभांश (कर सहित)गरी जम्मा १५ प्रतिशतलाभांश वितरण गर्दैछ ।












