४० वर्षको इतिहास बोकेको अमेरिकाको सिलिकन भ्याली बैंक बन्द, निक्षेप बीमाले राहत

२७ फाल्गुन २०७९, शनिबार १४:३२

काठमाडौं ।अमेरिकामा वित्तीय क्षेत्रमा संकट आएको छ । अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएका छन् । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ ।

यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक बन्द गराएर डिपोजिटहरु नियन्त्रणमा लिएका छन्।नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंकलाई बन्द गराएको हो।

पूँजी संकटले अमेरिकी इतिहासमानै वित्तीय संस्था धराशायी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सन् २००८ को वित्तीय संकटपछि वाशिंगटन म्युचुअल असफल भएको थियो।

बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा २ लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरू भने सुरक्षित छन् ।

अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बीमा गरेको हुन्छ। बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बीमा कम्पनीले फिर्ता दिन्छ।

सन् १९८३ मा स्थापित, बैंक लामो समयदेखि अमेरिकामा आइटी कम्पनीलाई ऋण दिने क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो।

क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो।

बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*