हकप्रद शेयर निष्काशन गर्न अपि पावरलाई आयोगको स्वीकृती

२८ फाल्गुन २०७९, आईतवार १४:१५

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले ७.५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*