नेशनल माइक्रोफाइनान्स लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

२८ फाल्गुन २०७९, आईतवार १४:३१

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको चितवन महानगरपालिका १४ शिवनगरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख कार्यकारि अधिकृत रामबहादुर यादबको अध्यक्षता तथा चितवन क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख आतित्थ्यतामा वित्तिय साक्षरता तथा समुह प्रमुख गोष्ठि कार्यक्रम सम्पन्न भएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडका अनुगमन अधिकृत उन्नती बांस्तोलाको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा भरतपुर महानगरपालिका वाड नं.१४ का वडा अध्यक्ष राजेन्द्र सांखिले संस्थाले सो क्षेत्रमा पुराएको वित्तिय सेवाको लागी धन्यवाद दिदै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । सो कार्यक्रममा शिवनगर बजार ब्यवस्थापन समितिका अध्यक्ष बिनोद घिमिरे, शिव पाञ्चांङ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रसाद चापागाई, स्थानिय समाजसेवी तथा राजनितिकर्मि श्री हरिकृष्ण गुरुङ, समुह नं.१६ कि सदस्य श्रीमति गंगा देबि कंडेलले मन्तब्य राखेकि थिइन् ।

सो कार्यक्रममा समुह सदस्यबाट राखिएका सल्लाह, सुझाव, जिज्ञासाको सम्वोधन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले गरेका थिए भने प्रमुख अतिथि तथा चितवन क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य माननिय हरि ढकाल ज्युले पछिल्लो समय देशको दुरदराजमा समेत वित्तिय सेवा पुर्याउदै त्यहाका स्थानियलाइ वित्तिय रूपमा साक्षर गराउन लघुवित्तको भुमिका अहं रहेकोले सो कार्यको प्रशंसा गर्दै,संस्थाले कर्जा असुलिको क्रममा मानविय ब्यवहार देखाउंदै सेवा प्रवाह गर्नुहुन साथै सदस्यहरूले पनि लिएको कर्जा सहि सदुपायोग गरि आर्थिक स्थिति सुधार गर्न सुझाव प्रदान गरेका थिए ।

हाल नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.ले देशका ६४ जिल्लामा १०१ शाखा कार्यालय मार्फत करिव १ लाख ५० हजार घरपरिवारमा लघुवित्तिय सेवा पुर्याएको संस्थाका अनुगमन अधिकृत उन्नती बांस्तोलाले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*