महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने

२८ फाल्गुन २०७९, आईतवार १७:४४

काठमाण्डौ । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्यको गर्न पाउँदा खुसी छ। यसमार्फत ग्राहकलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्षम पारेको छ ।

आउँदो समयमा खल्ती र महिला लागुवित्त वित्तीय संस्था दुवैले महिला सशक्तीकरण र डिजिटल वित्तीय साक्षरताका लागि सहकार्य गर्नेछन्। यो साझेदारीसँगै अब ग्राहकले शाखा कार्यालयमा नगइ ऋण तिर्नसक्ने र खल्तीका अन्य डिजिटल सेवाहरु पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ। ग्राहकलाई डिजिटल प्लेटफर्म मार्फत आफ्नो ईएमआई तिर्न सहज हुने भएकाले डिजिटल कारोबारलाई तीव्रगतिमा प्रभावकारी बनाउँदै यो सुविधा उपलब्ध गराइएको हो।’

महिला लघुवित्तको किस्ता भुक्तानी ‘खल्ती’बाट यस प्रकार तिर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*