कुमारी बैंकको करिब ३ लाख कित्ता शेयरमा आवेदन दिने अवधि थप, न्यूनतम मूल्य ११९ रुपैयाँ

२९ फाल्गुन २०७९, सोमबार ११:२५

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्ने समय थप गरिएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक समूहको जम्मा २ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

जसमा फागुन ३० गतेसम्म मात्रै बोलपत्र पेश गर्न पाउने अवधि रहेकोमा सो अवधि थप गरी अब चैत ६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न पाउनेछन् ।

बैंकले सो शेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*