ग्लोबल आइएमई लघुवित्तले चैत ६ गतेदेखि ‘ग्लोबल मनि वीक’ मनाउँने, बचत, बीमा, कर्जा तथा शेयरलगानी विषयमा प्रशिक्षण दिने

२९ फाल्गुन २०७९, सोमबार ११:५५

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विश्ववित्तीय सप्ताह मनाउने भएको छ । संस्थामा गठित विश्ववित्तीय सप्ताह समितिले यहि चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनि वीक २०२३ कार्यक्रम मनाउने निर्णय गरेको हो ।

वित्तीय संस्थाले लघुवित्त कार्यक्रममा आबद्ध ग्राहकका छोराछोरी, किशोर।किशोरी तथा युवा।युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वको बारेमा जागरण ल्याउने उद्देश्यले सो कार्यक्रम गर्न लागेको हो ।

वित्तीय ज्ञान, सीप, मनोवृत्ति र ब्यवहारमा परिर्वत ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य लक्ष्य रहेको लघुवित्तले जनाएको छ । सो कार्यक्रममा बचत, बीमा, विप्रेषण, शेयरलगानी, कर्जा, लघुउधम, पारिवारिक बजेट, नोटको जतन जस्ता विषयमा प्रशिक्षण गरिनेछ ।

 

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*