नेप्सेमा थप ५० लाख ६३ हजार कित्ता शेयर सूचीकृत
२९ फाल्गुन २०७९, सोमबार १३:१५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । चिलिमे जलविद्यूत कम्पनीको सम्पन्न वार्षिक साधराण सभाबाट पारित भएको ७.५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल ५० लाख ६३ हजार ८४६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले खरिदबिक्री गर्न पाउनेछन् ।












