बैंकहरुको ब्याजदर बृद्धिविरुद्ध बालुवाटारस्थित राष्ट्र बैंक अगाडि व्यवसायीहरुको धर्ना

३० फाल्गुन २०७९, मंगलवार १२:१७

काठमाडौं । ऋणीको रिपेमेन्ट क्यापिसिटी नै बिग्रने गरी बैंकहरुले ब्याजदर दोब्बरभन्दा बढिले बृद्धि गरेपछि आक्रोसित भएका उद्योगी व्यापारीहरुले आज बालुवाटार अगाडि धर्ना दिएका छन् ।

बैंक तथा वित्तीय समस्या संघर्ष समिति नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर अत्याधिक बृद्धि गरी समस्या उत्पन्न गराएको भन्दै नियामक निकाय नेपाल राष्ट्र बैंक अगाडि व्यवसायीहरुले धर्ना दिएका हुन् । धर्नामा थुप्रै उद्योगी व्यवसायीहरु सहभागी छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*