विदेशी लगानीकर्ताले भोग्दै आएको झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्नेछौः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्ने घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा आयोजना गरेको नेपाल–चाइना बिजनेस फोरम २०२३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो जानकारी दिएका हुन् ।
सरकारले विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने उनको भनाइ छ । ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता छ,’ दाहालले भने, ‘चीनले हाम्रो उक्त आवश्यकता पूरा गर्न सहयोग गर्छ भन्ने विश्वास छ । हामी पनि विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिबद्ध छौं ।’
केही वर्षमा नेपाल र चीन बीच जनस्तरमा बलियो सम्बन्ध बन्दै जानु सकारात्मक भएको दाहालले बताए । ‘चीनबाट प्रतिबद्धताअनुसार लगानी आएको छैन । हाम्रो कारणले लगानी आउन समस्या भएको हो, त्यस्ता समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने ।
दुई देशबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्रीले बताए । नेपालबाट निर्यात हुने तरकारी, चिया मासु, आयुर्वेदिक औषधी जस्ता उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने गरी सुविधा दिन दाहालले आग्रह गरे । ‘त्यसले व्यापार घाटा कम गर्न महत्पूर्ण योगदान दिनेछ,’ उनले भने ।
नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘











