स्वरोजगार र समता घरेलु लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति

१ चैत्र २०७९, बुधबार १०:२८

काठमाडौं । स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

यी दुई लघुवित्तबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धमा विभिन्न शर्तहरु सहित नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र मर्जरसम्बन्धी विनियमावली, २०७३ बमोजिम एकआपसमा गाभ्ने।गाभिने (मर्जर) को लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

बनेपा नगरपालिका वडा नं. ५ काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त र बनेपा नगरपालिका वडा नं ७ काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तबीच मर्जरमा जान लागेका हुन् ।

 

1st chit

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*