मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, तीन दिनभित्रै २ करोडसम्म कर्जा पाइने
१ चैत्र २०७९, बुधबार १२:०६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा मागलाई मध्यनजर गर्दैै सहज कर्जा योजना ल्याएको हो ।
पछिल्लो समय बैकिङ्ग प्रणालीमा तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले दुई करोड रुपैयाँसम्मको कर्जा दिने योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले बैंकको जुनसुकै शाखा कार्यालयहरुमा सम्पर्क राखेमा तीन दिनभित्रै कर्जा उपलब्ध गराइने पनि बताइएको छ ।
बैंकले २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु कागजात पूरा गरेको तीन दिनमै दिने जनाएको छ ।











