कुमारी बैंकको ८६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२ चैत्र २०७९, बिहीबार १०:४३

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात सो शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका शेयरधनीहरु सन्जिब भक्त श्रेष्ठको १५ हजार ६८ कित्ता र शौरभ कृष्ण मल्लको ७१ हजार २ सय ६५ कित्ता गरी कुल ८६ हजार ३ सय ३३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र कम्पनी रजिष्ट्रारको कार्यलय नक्साल, काठमाडौं वा बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*