झण्डै आइपीओकै मूल्यमा बैंकहरुको शेयर, ७ वाणिज्य बैंकको शेयर उच्च खरिद माग

२ चैत्र २०७९, बिहीबार ११:३०

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा ७ वटा वाणिज्य बैंकको शेयर खरिदका लागि उच्च माग गरिएको छ । यो समाचार तयार पार्दासम्म लगानीकर्ताहरुले प्राइम कमसिर्यल, लक्ष्मी बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकको शेयर खरिदका लागि उच्च माग रहेको हो ।

शेयरबजार खुलेको केही समयमा नै सर्वाधिक प्राइम बैंकको शेयर ९ जनाले ७१ हजार ४६ कित्ताका लागि माग गरिएको छ भने दोस्रोमा लक्ष्मी बैंकको शेयर ७ जनाले ६२ हजार ९८४ कित्ताका लागि माग गरिएको छ ।

त्यस्तै, हिमालयन बैंकको शेयर ९ जनाले ४७ हजार ४३६ कित्ता, माछापुच्छ्रे बैंकको शेयर ५ जनाले ४३ हजार १७२ कित्ता, कुमारी बैंकको शेयर २३ जनाले ३९ हजार २०० कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर ८ जनाले ३७ हजार ७१२ कित्ता शेयर र सिटिजन्स इन्टरनेशनल बैंकको शेयर ८ जनाले ३५ हजार ९४३ कित्ता शेयरका लागि खरिद माग गरेका छन् ।

यो समाचार तयार पार्दासम्म प्राइम बैंकको शेयरमूल्य १९८ रुपैयाँ ५० पैसा, लक्ष्मी बैंकको १८२ रुपैयाँ, हिमालयन बैंकको २३७ रुपैयाँ, माछापुच्छ्रे बैंकको २२५ रुपैयाँ ४० पैसा, कुमारी बैंकको १७५ रुपैयाँ ७० पैसा, नेपाल इन्भेष्टेमेन्ट मेगा बैंकको १९० रुपैयाँ ६० पैसा र सिटिजन इन्टरनेशनल बैंकको १७९ रुपैयाँ रहेको छ । बैंकहरुको शेयरमूल्य घटेर सस्तोमा पाइएसँगै लगानीकर्ता वाणिज्य बैंकको शेयर किन्न झुम्मिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*