एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार

२ चैत्र २०७९, बिहीबार १३:४६

काठमाण्डौ । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप प्रत्यक जनालाई २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘खेलाडीहरु राष्ट्रका गौरव हुन् खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’

२०१९ देखि सुरु भएको यस विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बिहीबार हुन गइरहेको फाइनल म्याचमा युएआइसँग भिड्दैछ। बिहीबारको खेलमा जित हात पारेमा नेपाल सीधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। जसमा नेपालले पहिलोपटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनि पाउनेछ ।

यो नगद पुरस्कारले पनि भोलिको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ । उक्त पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*