कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

२ चैत्र २०७९, बिहीबार १३:५६

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १४, ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सकिने भएको छ । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुने जनाएको छ ।

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँ सम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*