दुई वाणिज्य झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२ चैत्र २०७९, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ ।
नेप्से घटेसँगै शेयरबजारमा आज एक अर्ब १४ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया बैंक र नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । यी दुवै बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।
एनआइसी एशियाको ४ करोड ९४ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख र सिद्धार्थ बैंकको प्रोमोटर शेयर २ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













