तीन कम्पनीको शेयर मूल्य समायोजन, कुन कम्पनीको कति पुग्यो ?

२ चैत्र २०७९, बिहीबार १६:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले हिमालयन एभरेष्टको २ दशमलव ७५ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ३ दशमलव ३२५ प्रतिशत र स्वभिमान लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजपश्चात स्वाभिमान लघुवित्तको शेयरमूल्य रू.१ हजार ५० कायम भएको छ भने हिमालयन एभरेनष्ट इन्स्योरेन्सकोे रू.४०८ दशमलव ७६ र प्रुडेन्सियल इन्स्योरेन्सको रू.४०० दशमलव ६८ कायम भएको छ ।

नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा स्वाभिमान लघुवित्तको शेयर प्रतिकित्ता रू.१ हजार २६०, हिमालयन एभरेष्टको रू. ४२० र हिमालयन एभरेष्ट इन्स्योरेन्सको रू.४१४मा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आइतवार दोस्रो बजारमा यी कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*