लघुवित्तको प्रेरणादायी कथाः वर्षेनि मनग्य आम्दानी गर्छिन् पुनम गुरुङ्ग

महिला सशक्तीकरण र गरिबी निवारणको उद्देश्यले खुलेका लघुवित्तहरुको सिद्धान्त अथवा उद्देश्य यतिवेला संकटमा परेको छ । लघुवित्त विरुद्धको संघर्ष समितिहरुले विभिन्न खालका अभियानहरु चलाई ऋणीहरुलाई उचाल्ने खालका कार्यहरु गर्दै आइरहेका छन् ।
विशेषगरी ग्रामिण क्षेत्रमा महिलाहरुलाई केन्द्रित गरी उनीहरुको जीवनस्तर उकास्न कर्जा प्रवाह गर्नु नै लघुवित्त संस्थाहरुको उद्देश्य हो । लघुवित्त संस्थाहरुप्रति विभिन्न खालका नकारात्मक धारणा फैलिँदै गइरहेकोमा लघुवित्तसँग जोडिएर राम्रो ब्यवसाय गर्दै त्यस्ता कुधारणालाई गलत सावित गर्ने थुप्रै उदाहरण समेत छन् ।
लघुवित्त संस्थाले व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गर्नाका साथै आवश्यक तालीम पनि दिने गरेकाले मनग्य आम्दानी गर्न सकिएको केही ग्रामीण महिलाहरुको जीवनशैली नै परिर्वतन भएको छ । यसैको एक उदाहरणको पात्र बन्न सफल भएकी छिन् चितवनकी पुनम गुरुङ्ग ।
नेष्डो समृद्ध लघुवित्तबाट सुरुवातमा ३० हजार रुपैयाँ पहिलो कर्जा लिएर व्यवसाय सुरु गरेकी पुनमको जीवन यापन नै फेरिएको छ । वि.सं. २०७१ सालमा नेष्डो समृद्ध लघुवित्तमा जोडिएर किराना पसल संचालन गरेपछि आफ्नो जीवन नै परिवर्तन भएको पुनम बताउँछिन् ।

२०७१ साल साउन २१ गते संस्थाको केन्द्र नं.४५ समुह नं.२ मा तालिम लिई समुहमा आवद्ध भएपछि पहिलो कर्जा स्वरुप ३० हजार रुपैयाँ कर्जा लिएर पुनमले आफ्नो किराना व्यवसायमा थप गरेकी थिइन् । ‘विस्तारै व्यवसायलाई थप गर्दे लैजाँदा हाम्रो व्यापार व्यवसाय पनि राम्रो हुदै गयो’ उनी भन्छिन, ‘विस्तारै हामीले व्यवसायसँगै बाख्रा पालन पनि सुरु गर्यौ, अहिले बाख्रापालनबाट ६ महिनामा एक लाखको हाराहारीमा आम्दानी हुन्छ ।’ साथै यसबाहेक किराना पसल व्यवसायबाट पनि २ महिनामा ४०–५० हजार जति आम्दानी हुने उनी बताउँछिन् ।
नेष्डो समृद्ध लघुवित्त संस्थाबाट ३ लाख रुपैयाँसम्म कर्जा लिई सोही व्यवसायमा लगानी गरेको पुनम बताउँछिन् । ‘कुटानी पिसानीको लागी मिल पनि राखेकी छु’ उनी भन्छिन्, ‘यसले व्यवसायमा थप सहयोग पुगेको छ ।’ हाल पुनमको एक छोरा एक छोरी र श्रीमान गरी ४ जनाको परिवार रहेको छ । छोराछोरीको लालन पोषण र शिक्षा स्वास्थमा कुनै किसिमको कमी नभएको उनी बताउँछिन् ।
नेष्डो समृद्ध लघुवित्तमा आबद्ध भएपछि छोरीलाई समेत अहिले सोही संस्थामा कर्मचारीको रुपमा अवसर दिलाएकी उनी बताउँछिन् । ‘२०७१ सालमा म नेष्डो समृद्ध लघुवित्तमा सदस्यको रुपमा आबद्ध भए २०७२ सालमा छोरीलाई सोही संस्थामा नै जागिरको अवसर समेत मिल्यो’ उनी भन्छिन् । अहिले पुनमकी छोरी कन्चन गुरुङ्ग लघुवित्तको मुग्लिन शाखामा कार्यरत छिन् ।
‘हाल मैले नेष्डो समृद्ध लघुवित्तबाट ३ लाख ५० हजार रुपैयाँ कर्जा लिएर यहि व्यवसायमा लगानी गरेकी छु ।’ उनी भन्छिन्, ‘समाजले हेर्ने दृष्टकोण राम्रो छ, समाजमा एउटा छुट्टै पहिचान बनेको छ यसरी नै हाम्रो दिनहरु चलिरहेको छ ।’
तुलनात्मक रुपमा हेर्दा निकै नै राम्रो सुन्दर, दुख गरेर सुखसंग जीवन बिताईरहेको पुनम दाबी गर्छिन । उनी भन्छिन, ‘त्यसो त म यस नेष्डो समृद्ध लघुवित्त संस्था प्रति धेरै नै आभार अनि कतृज्ञाता व्यक्त गर्न चाहन्छु हुनत मैले संस्थालाई जति नै संम्मान गरे पनि कमी नै भएको महसुस हुन्छ वास्तवमा नै भन्नुपर्दा यस नेष्डो समृद्ध लघुवित्तले मलाई यस स्थानसम्म ल्याउन धेरै नै सहयोग पुर्याएको छ ।’

आगामी दिनहरुमा पनि कर्जाको सही सदुपयोग गर्ने र संस्थाबाट कर्जाको आकारसँगै ब्यवसाय पनि बढाउने उनको भावि योजना रहेको बताउँछिन् । संस्थाबाट कर्जा लिइसकेपछि सहि सदुपयोग र लगानी गर्न सकेमा किस्ता तिर्ने बेला कुनै खालको समस्या नहुने उनी दाबी गर्छिन् । ‘धेरै महिलाहरु धेरै लघुवित्तमा आबद्ध भई कर्जाको सहि सदुपयोग गर्न नजान्दा ऋणको भार बोक्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । उनी भन्छिन्, ‘लघुवित्त संस्थाबाट लिएको कर्जा ठिक ठाउँमा लगानी गरौं, किस्ता समयमा तिर्न सकिन्छ साथै आफ्नो जीवनस्तरमा पनि सुधार हुन्छ ।’
नेष्डो समृद्ध लघुवित्तले गर्दा आफ्नो जीवनस्तरमा नै परिवर्तन भएको उनी दाबी गर्छिन् । ‘हातेमालो गर्दै अगाडी बढाउने नेष्डो समृद्ध लघुवित्त संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु ।’ उनी भन्छिन्, ‘संस्थाले गर्दा आज समाजमा समेत राम्रै इज्जत कमाएको छु ।’
लघुवित्तको यात्रा
चितवन जिल्ला चैनपुर गाउँपालिका वडा नं.६ सिद्विपुर निवासी बाबु निम बहादुर गुरुङ्ग र आमा देवीसरा गुरुङ्ग को कोखबाट कान्छी सन्तानको रुपमा वि.सं. २०२९ साल असार ७ गतेका जन्मिएकी थिइन् पुनम गुरुङ्ग । उनी जन्भेपश्चात् परिवारको संख्यामा आमा बुबा सहित ५ जनाको परिवार थियो ।
‘बुवा गाउमै कृषि गरि हामीलाई पालन पोषण गर्नुभएको थियो’ उनी भन्छिन, ‘आम्दानीको स्रोत प्रयाप्त नभएकोले गर्दा आफनो पढाईलाई निरन्तरता दिन नसकी विचमै छोडन परेको थियो’ । पढाईको वाताबरण त्यो समयमा खासै राम्रो नभएका कारण जम्मा ५ कक्षा सम्म पढेकी थिइन् पुनम ।
१९ वर्षको उमेरमा नै चितवन जिल्लाको कविलास गाउँपालिका वडा नं.८ वाङ्गेसाल निवासी बसोबास गर्दै आएका धन बहादुर गुरुङ्गसंग पुनमको परम्परा अनुसार मागि विवाह भयो । घरमा सासु ससुरा श्रीमान सहित देवर ३ जना नन्द २ जना अमाजु १ जना गरि ९ जनाको परिवार थियो । परिवारको संख्या ठूलो भएको र श्रीमानको मासिक आउने आम्दानी पनि नभएका कारण पुनम र आफ्नो श्रीमान मिली तरकारी खेती र बाख्रापालन र सानो किराना खुद्रा चिया पसल सुरु गरेको उनी बताउँछिन् ।

परिवारमा संख्या ठूलो भएका कारण खेतीपाती र बाख्रापालनबाट हुने आम्दानीले मात्रै नपुगेको उनी बताउँछिन् । यसरी दिन बित्दै जाने क्रममा पुनमले एक छोरी र छोरालाई जन्म दिइन् । परिवारमा रहेका श्रीमानका भाइहरुसँग छुट्टिएपछि उनको परिवारलाई झनै आर्थिक समस्याले घेर्न थाल्यो ।
‘आम्दानीको बाटो खोज्ने क्रमको शिलशिलामा श्रीमान ऋण खोजेर विदेश जानुभयो’ उनी भन्छिन्, ‘म सानो सानो व्यवसाय सुरु गर्ने सानो पसल तथा व्यवसायलाई ठुलो बनाउने शिलशिलामा वा भनौ दैनिक गुजारा चलाउदै जाने क्रममा २०७१ सालको साउन महिना २७ गते नेष्डो समृद्व लघुवित्त वित्तीय संस्थाले बिना धितो कर्जा दिने र बचत गर्ने बानीको विकास गराउने कुरा सुनेर खुसी लाग्यो ।’ त्यसपछि उनी समुहमा आवद्ध भएर सदस्य बनि कर्जा लिई व्यवसायलाई थप गर्ने निर्णय गरिन् ।











