शाखा कार्यालय संचालनका लागि घर बहालमा खोज्दै मुक्तिनाथ विकास बैंक, यस्ता छन् शर्तहरु

५ चैत्र २०७९, आईतवार १२:१६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले शाखा कार्यालय विस्तार गर्नको लागि घर बहालमा खोजेको छ । बैंकले शाखा कार्यालय संचालनको लागि घर भाडामा खोजेको हो ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं. २८ हात्तिसार कमलादी देखि पुतलीसडकसम्म घर बहालमा खोजेको हो । बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने कार्यबाट खाली भएका स्थानहरु रहेमा त्यस्ता स्थानलाई प्राथमिकतामा राखिने जनाएको छ ।

सो का लागि बैंकले करिब २५०० देखि ४५०० वर्गफिट सम्मको क्षेत्रफल भएको घर बहालमा लिन आवश्यक रहेको बताउँदै इच्छुक घरधनीले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौं सामान्य सेवा विभागमा प्रस्ताव पेन गर्न सक्नेछन् ।

बैंकले घर बहालमा लिनका लागि विभिन्न खालका शर्तहरु समेत राखेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*