स्थिर सम्पत्ति लिलाम गर्दै एभरेष्ट बैंक

६ चैत्र २०७९, सोमबार १०:५६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैह्र बैकिङ्ग सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको घरजग्गा शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न लागेको हो ।

बैंकले आफ्नो नाममा दर्ता कायम रहेको झापा जिल्ला, धुलाबारी नगरपालिका वडा नं. ८, धुलाबारी स्थित कित्ता नं. २३७ र ४७८ को क्षेत्रफल क्रमशः ०–०–७–० विगाह (११८.५२ वर्गमिटर) को जग्गा तथा सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफलको २ तले घर कम्पाउण्ड सहित सम्पूर्ण लिगलगापात समेत लिलाम गर्ने भएको हो ।

बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले चैत २० गतेभित्र बैंकको धुलाबारी शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*