नेपाल रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन, अध्यक्षमा अशोक शेरचन

६ चैत्र २०७९, सोमबार १९:०९

काठमाडौं । नेपाल रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ । सभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचनसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भइका छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवालर रहेका छन् ।

यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा। विजय थापा, डा। मणिराम पोख्रेल, डा। उन्नत श्रेष्ठ छन्। कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*