सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै

८ चैत्र २०७९, बुधबार ०६:१३

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड हुँदैछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलको कार्यालय नकसालमा विहान १० बजे आईपीओ बाँडफाँट हुने जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले प्रि अलमेन्ट सम्वन्धि सम्पूर्ण प्रकृया सम्पन्न भएपछि आज शेयर बाँडफाँट गर्ने जनाएको हो ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १४ लाख भन्दा बढी आवेदकबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता भन्दा धेरै शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयरको करिब ४ गुणा बढी हुन आउँछ।

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्रै शेयर पाउनेछन् ।

त्यस अनुसार करिब १० लाख आवेदकले शेयर नपाउने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*