सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, ४ लाख बढीले पाए १० कित्ता शेयर

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । तर ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ ।
आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।












