सुनको मूल्य एकैदिन तोलामा २ हजार रुपैयाँले घट्यो

८ चैत्र २०७९, बुधबार ११:३७

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो  ।

बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*