नेप्सेमा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
८ चैत्र २०७९, बुधबार १३:०४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिञ्चोक दर्शन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘केडीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ६० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त आाइपीओ भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ७८ रुपैयाँ १५ पैसादेखि अधिकतम २३४ रुपैयाँ ४५ पैसासम्म पाउने देखिएको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा मूल्य तोक्ने भएको कारण उक्त रेञ्ज पाउने देखिएको हो ।












