दुई वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

९ चैत्र २०७९, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ को विन्दुमा कायम हुन पुगेको छ ।

बिहिबार शेयरबजारमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एनआइसी एशिया बैंकको २१ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको ८ करोड ३५ लाख, हिमालयन डिष्टिलरीको ४ करोढ ४५ लाख, नबिल बैंकको ३ करोड ८४ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ३ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*