आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
९ चैत्र २०७९, बिहीबार १५:०९

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १९।१५ को अंकले घटेर १९१५।१४ को विन्दुमा कायम भएको छ ।
शेयर बजारको यात्रा ओरालोे लागेसँगै युनिक्यु नेपाल लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । आज कम्पनीको शेयर मूल्य ७ दशमलव ४६ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज सिर्जनशील लघुवित्त, खप्पड लघुवित्त, शुुभम पावर, एनआइसी एशिया बैंक लगायतका अन्य बैंकको शेयर मूल्यमा उच्च प्रतिशतले गिरावट आएको छ ।













